विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ। आइतबार अबेर गरी बसेको प्रदेशसभा बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन्।
प्रतिनिधिसभा विघटन गरेपछि विभाजन भएको नेकपाको प्रचण्ड-नेपाल पक्षले राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो। उक्त प्रस्ताव आइतबार प्रदेशसभा बैठकमा पेस भएको हो।
तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै वैधानिकताबारे प्रश्न गर्दै आएको थियो। आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए।
तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन्।