नेकपा प्रचण्ड-नेपाल पक्षको प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई

yogesh-bhattarai
  • 220
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रेस संगठन नेपालको इन्चार्जको जिम्मा स्थायी कमिटी सदस्य योगश भट्टराईलाई दिएको छ। पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपाको ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको हो।

यस्तै नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनको सहइन्चार्जको जिम्मेवारी विष्णु रिजाललाई दिइएको छ। उनी यसअघि विदेश विभाग उपप्रमुख थिए। ओम शर्मा र महेश्वर दाहाल यस अघिदेखि नै सह-इन्चार्ज रहेका छन्।

संगठनको पदाधिकारीमा संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोट ‘जुगल’ तथा महासचिवमा राजेश राईलाई चयन गरिएको छ। यस्तै १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताए। केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ।

केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन्। पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्