पर्वतिय खेलकुद महोत्सव स्थगित

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौँ : फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्‍चालन हुने भनिएको आठौँ पर्वतीय खेलकुद महोत्सव स्थगित गरिएको छ। आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो।

उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्‍चालन गर्ने तालिका तय भएको थियो। ‘प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ । फेडेरेशनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ । उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्