प्रचण्ड-नेपाल समूह निकट प्रेस संगठनमा जिम्मेवारी हेरफेर

  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। प्रचण्ड-नेपाल समूले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ। पार्टीको स्थायी समिति सदस्य योगेश भट्टराई इन्चार्ज रहेको संगठनमा पार्टीनिकट पत्रकारहरु आवद्ध रहेका छन्। संगठनको सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाललाई चयन गरिएको छ भने संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन गरिएको छ। महासचिवमा भने राजेश राईलाई चयन गरिएको छ।

त्यस्तै, प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ। जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ।

बागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन गरिएको छ। गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले चयन भएका छन्। यसैगरी लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ। कर्णाली प्रदेशको इन्चार्जमा जीवन बिसी र संयोजक गणेशकञ्चन भारती चयन भएका छन्।

सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चयन भएका छन्। उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएको छ। एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्। प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्काले पाउँदा वीरेन्द्र ओली संयोजकमा चयन गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्