एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागी निशुल्क जग्गा प्रदान

  • 221
    Shares
लोकपाटी न्यूज

एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले जग्गा दिएसंगै गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालीका ६ सरौखोलामा वडा कार्यालय भवनको काम अघि बढने भएको छ। सो पालिकाको वडा नं छ सरौखोलाका स्थायी बासिन्दा निलकण्ठ तिवारीले सरौफांट सोताको १ रोपनि जमिन निशुल्क प्रदान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो।

वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए। २०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका तथा २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनका लागी भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि क्रियाशिल छन। उनी दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका थिए। एैक्यबद्धता प्रकाशनका अध्यक्ष उनी गैर आवासीय नेपाली पत्रकारीताका प्रवर्तक पनि हुन।

जग्गा घोषणा सम्बन्धमा मागिएको एक प्रतिक्रियामा तिवारीले भने ‘जग्गा वा भुमि अन्तत राज्यकै हो र नागरीकका समग्र जिम्मा पनि अन्तत राज्यकै हो भन्ने एउटा भाव, संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाइ भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भन्ने अर्को भाव तथा आफनो बंशजको परंपरा लगायतलाइ मनन गर्दै मैले जग्गा दिने निर्णय गरेको हु ’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्