काठमाडौं। काठमाडौं उपत्यकामा आज मौसम सफा रहने छ। बिहानबाट नै मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज विहान देशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा मौसम सफा रहने विभागले बताएको छ।
आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
मौसमविद् श्रेष्ठका अनुसार मंगलबार र बुधबार पश्चिमी मौसमी प्रणालीको प्रभावका कारण प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
केहीदिन यता तापक्रममा बढेसँगै जाडोको महसुस कम हुन थालेको छ। विहान र बेलुका सामान्य चिसो महसुस भए पनि दिउँसो गर्मी सुरु भइसकेको मौसमविद् श्रेष्ठ बताउँछन्।
उनका अनुसार मार्च १ बाट प्रि–मनसुन सुरु हुने छ। प्रि–मनसुन सुरु भएसँगै वर्षाको सम्भावना उच्च हुने छ । सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु हुने गरेको विभाग बताउँछ।