इन्भेष्टमेन्ट बैंकले जारी गरेको ऋणपत्र बाँडफाँड

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १००० अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ। धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त ऋणपत्र फागुन ९ गते आइतबार बाँडफाँड गरेको हो ।

बैंकले साढे ८ प्रतिशत व्याजदर भएको ऋणपत्र गत माघ १६ गतेदेखि फागुन २ निष्कासन गरेको थियो। ऋणपत्र २०८४ सालमा परिपक्व हुने बैंकले जनाएको छ। बैंकले कुल ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको हो।

२ अर्ब ४० करोड बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेको थियो भने ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि व्यवस्था गरेको थियो। बाँकी १६ लाख कित्ता सर्वसाधारण र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरेको थियो।

साथै व्यक्तिगत तवरतर्फका आवेदकहरुको आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम फिर्ता भुक्तानी अरविवि मर्चेन्टबाट फागुन १० गते (आज)देखि सम्बन्धित आवेदकहरुको बैंक खातामा रकामान्तर गरिने व्यवस्था मिलाइएको छ। त्यसको लागि आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्