काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ।
हिजो प्रतितोला ८९ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य सोमबार यथावत रही प्रतितोला ८९ हजार रुपैंयामा नै कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ।तेजावी सुनको मुल्य पनि आजलाई ८८ हजार ५५० रुपैंया रहेको छ।
यस्तै, चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ। हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय ३० रुपैंयामा कारोबार भएको थियो।