मनकामना केबल कारको टिकट खरिदमा सनराइज बैंकका ग्राहकलाई क्यास व्याक

manakamana-cable-car
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ।

यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा एक सय रुपैयाँसम्म क्यास व्याक प्रदान गर्ने जनाएको छ । यो योजना चैत मसान्तसम्म रहने बताइएको छ।

कोभिड-१९ को वर्तमान परिप्रेक्षमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्