केपी ओलीले आफ्नो समूहको भलो चाहन्छन् भने राजीनामा दिनुपर्छ : पाण्डे

milan_pandya
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत पुस्तालाई चिढ्याएको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियामा संयोजक पाण्डेले २१औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओलीले झुक्याएको बताएका हुन्।

‘देशमा २४ वर्षमुनि आधा जनसंख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ। त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने।

पाण्डेले देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमा नै भलो हुने बताए। उनले भने थपे, ‘देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ। अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ।’

प्रतिनिधि सभा विगठनको असंवैधानिक कदमपछि उत्पन्न संकटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको मात्र नभएर युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा थियो। कामचलाउ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेर बदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

शान्ति, समृद्धि र विकासका सपना पुरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधि सभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेको जोड थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्