दमकको कृषि बजारका एनएमबी बैंकको क्यूआर सेवा सुरु

  • 3
    Shares
लोकपाटी न्यूज

झापा। एनएमबि बैङ्कले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित झापाको दमकस्थित नमूना कृषि बजारमा क्यूआर सेवा शुरु गरेको छ। क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवर्धन गर्न एक कार्यक्रमका बीच उक्त सेवाको शुरु गरेको बैङ्कले जनाएको छ।

बैङ्कले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ। उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरूलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास गरेको बैङ्कले जनाएको छ।

उक्त सेवाको शुभारम्भ बैङ्कका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीमार्फत सामान खरिद गरेर गरेका थिए। कार्यक्रम दमक शाखाको अगुवाईमा भएको थियो।

यो परियोजना नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुरूप डिजिटाइजेशन तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ। वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैङ्कले आफ्ना ग्राहकलाई विभिन्न किसिमका विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्