भायानेटकाे ‘भयंकर अफर’ सार्वजनिक

  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि ‘भयंकर अफर’ सार्वजनिक गरेको छ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८ सयमा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटीभी कम्बो प्लान प्राप्त गर्न सक्नेछन्। कम्पनीकाअनुसार अब ग्राहकहरुले प्रति महिना मात्र ८ सयमा निरन्तर मनोरञ्जन पाउन पनि सक्नेछन्।

भायानेट नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र क म्यूनिकेशन सोलुसन प्रदायक कम्पनी हो। यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि यस्तो अफर ल्याएको भायानेटले जनाएको छ।