कोरोना खोपको अभाव हुन दिँदैनौं : स्वास्थ्यमन्त्री

Hirdesh_Tripathi_Hridayesh
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप अभियानमा अभाव हुन नदिने बताएका छन्। भारतबाट खरिद गरिएको २० लाख डोज खोपमध्ये थप १० लाख डोज छिट्टै ल्याउने प्रक्रिया भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए। दोस्रो चरणको खोप अभियान चलिरहँदा खोप अभाव हुन नदिने उनको दाबी छ।

नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज खोप आइतबार एयर इन्डियामार्फत् नेपाल आइपुगेको छ। नेपाल सरकारले भारतको सिरम इन्टिच्युट अफ इन्डियालाई फागुन ५ गते २० लाख डोज कोभिसिल्ड खोपबापत्को शुल्क रकम पठाएको थियो। सिरमले खोप उत्पादन सीमित मात्रामा भइरहेको र खरिदका लागि ८० प्रतिशत रकम पेश्कीस्वरुम पठाउनुपर्ने शर्त राखेपछि मन्त्रिपरिष्दको फागुन ४ गतेको बैठकले सार्वजनिक खरिद ऐनको प्रावधान नै निलम्बन गरेर शत प्रतिशत रकम पठाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार फागुन ५ गते प्रतिडोज ४ अमेरिकी डलरका दरले २० लाख डोजका लागि झन्डै ९३ कारेड रुपैयाँ भुक्तानी गरेको थियो। तर, २० लाख डोज खोप किन एकैपटक ल्याइएन भन्ने प्रश्नमा मन्त्री त्रिपाठी भन्छन्, ‘फागुन २३ गतेबाट ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिन्छौं र वहाँहरुलाई खोप अभियान चल्दै गर्दा थप १० लाख डोज पनि ल्याउँने तयारी छ । अहिलेलाई यति बुझौं सरकारले खोपको अभाव हुन दिँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्