गोरखामा एकै परिवारका तीन जना मृत फेला

Death pic
सांकेतिक चिन्ह
  • 7
    Shares
लोकपाटी न्यूज

गोरखा। गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बारपाकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्