विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

hatkadi-pakrau
  • 11
    Shares
लोकपाटी न्यूज

डडेल्धुरा। डडेल्धुरामा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। १० वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन्।

गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल जानकारी दिए।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएको थियो। बालिका सोही विद्यालयमा अध्ययनरत छिन्। बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ। डिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।