सरकारले माग्यो १०० करार कर्मचारी (सूचनासहित)

  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपत्यकाबाहिर नागरिकहरुको विवरण संकलनका लागि घुम्ति सेवा अभियान सञ्चालन गरेको छ। सम्पूर्ण नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन थालिएको उक्त अभियानमा विवरण संकलनका लागि विभागले विवरण दर्ता अपरेटर पदका लागि दरखास्त आवेदन खुल्ला गरेको हो।

खुल्ला प्रतिस्पर्धामार्फत् तीन महिनाको करारमा विभागले १०० जना अपरेटरको माग गरेको हो। १८ वर्ष पुरा भएर ३५ वर्ष ननाघेका इच्छुक नेपालीहरुले फाल्गुन ७ गतेदेखि १५ दिनभित्रमा पदका लागि आवेदन दिनुपर्ने विभागले सार्वजनिक सूचनामार्फत जारी गरेको छ।

तर उक्त आवेदनका लागि सबै प्रक्रिया अनलाइनमार्फत् गरिनुपर्ने विभागले बताएको छ। इच्छुकहरुले यो वेबसाइटमा गई युजर आईडी बनाएर निःशुल्क अनलाइन दरखास्त फारम भर्न सक्नेछन्। साथै इच्छुकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा गएर पनि दर्ता डाउनलोड गर्न सक्नेछन्।

उक्त पदका लागि उपयुक्त उम्मेद्वारहरुले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा तीन महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ। वा सय पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको प्रमाणपत्र भए छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने विभागले बताएको छ।

करार सम्झौतामा उत्तीर्ण अपरेटरले विभागले खटाएको उपत्यका बाहिरको जुनसुकै जिल्लाभित्रका स्थानीय तहका वडाहरुमा पुगेर दैनिक ४० जनाको विवरण संकलन गर्नुपर्नेछ। अपरेटरहरुले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउनसक्ने छन्। साथै छनौट हुने अपरेटरले अंग्रेजी र नेपाली युनिकोड रोमनाइज्ड लेआउटमा शुद्ध टाइप गर्न सक्नुपर्नेछ। साथै फिल्डस्तरमा काम गरेको अनुभव पनि हुनुपर्ने छ।

pic