पूर्वसांसद रानाभाटको निधन

Eknath-Ranabhat
  • 13
    Shares
लोकपाटी न्यूज

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका रानाभाटको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए।

रानाभाटको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभापति श्रेष्ठले परिवारजनमा समवेदना प्रकट गरेका छन्। रानाभाटको शवलाई मंगलबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि जिल्लास्थित पार्टी कार्यालयमा राखिने छ। मंगलबार नै उनको देवघाटमा अन्त्येष्टी गरिने श्रेष्ठले जानकारी दिए।