ओलीको ‘प्रतिगामी’ कदमविरुद्ध माइतीघरमा दलित मोर्चाले गरे प्रदर्शन

pic
  • 61
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रचण्ड–माधव पक्ष निकट दलित मोर्चाको अगुवाइमा काठमाडौंको माइतीघरमा प्रतिगमनको विरोधमा विरोध प्रदर्शन भएको छ। प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ लेखिएका पम्प्लेट बोकेका थिए। संविधानमाथि भएको ‘कु’ विरुद्ध नेकपा (बहुमत) निकट नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका अध्यक्ष दलजित श्रीपाइली, पूर्वमन्त्री रघुजी पन्तलगायतको सहभागिता रहेको उक्त विरोध कार्यक्रममा असवैधानिक र प्रतिगमनकारी कदम खारेज गर, समानुपातिकता, समावेशीकरण तथा धर्मनिरपेक्षताको रक्षा गर, दलित समुदायमाथिको जातीय छुवाछुत तथा हत्या बन्द गर, भूमीहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेकाको हक सुनिश्चित गर, हरूवाचरुवा, मुक्तहलिया र वादी समुदायको अधिकार स्थापित गर भन्ने नारा लगाइएको थियो।