प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

pic
  • 117
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेट भएको छ। आज दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालतस्थित स्रोतले जनायो।

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ’हेर्दाहेर्दै’मा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो।

अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए ।अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्