त्रिभुवन विमानस्थलबाट सुनसहित एक पक्राउ

tribhuvan-international-airport
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन्। सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानीलाई १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले कतार एयरवेजको उडानमार्फत् नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेका थिए। कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्