सर्वोच्चले रिहा गरेका बास्तोला गिरफ्तार, वार्ताको नाटक केका लागि ?

dharmendra_bastola_wq2KBWJS1N
  • 935
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई पुन: पक्राउ गरिएको छ। सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै उनी पक्राउ परेका थिए।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको र गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो।

रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्च अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो। सोही मुद्दामा फेरि पक्राउ गरिए प्रहरीलाई नै कारवाही गर्ने सर्वोच्च अदालतको आदेशविपरीत प्रहरीले सर्वोच्च अदालत परिसरबाटै धमेन्द्र बास्तोलालाई पुनः पक्राउ गरेको हो ।

बाँस्तोलालाई चौथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो। उनलाई पाँचौपटक प्रहरीले पक्राउ गरेको हो।

यता सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि गृहकार्य अघि बढाएको जनाएको छ। सरकार वर्ताको तयारीमा रहेको भनिएको बेला सर्वोच्च अदालतले वास्तोलालाई रिहा गर्न आदेश दिएपनि प्रहरीले उनलाई पुन पक्राउ गरेको हो।

भूमिगत राजनीति गरिरहेको विप्लव नेतृत्वको नेकपाले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक प्रतिक्रिया जनाउँदै समुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नु पर्ने, राजनीतिक क्रियाकलापमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, नेता कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने र जेलमा रहेका नेताहरूलाई छाडेर सरकारले वार्ताका लागि औपचारिक पहल गरेको देखाउनु पर्ने शर्त विप्लव नेकपाले राखेको थियो।

उक्त शर्त पुरा गर्न सरकारी पक्षसमेत तयार देखिएको बताइएको थियो। शनिवार विराटनगरमा आयोजित ओली समूहको सभामा बोल्ने शीर्ष वक्ताले समेत विप्लव समूहलाई नेकपाको मूलधारमा ल्याउन प्रयत्न भइरहेको आशय व्यक्त गरेका थिए। तर, सर्वोच्च अदालतले वास्तोलालाई रिहा गर्न आदेश दिएपनि सरकारले उनी सहित जेलमा रहेका विप्लव नेकपाका नेताहरुलाई रिहा गर्ने तयार भएको देखिनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्