जनयुद्धका चिठीहरु समेटिएको पुस्तक प्रचण्डले विमोचन गर्दै

  • 222
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा युवा नेता तिलकराज भण्डारीले लेखेको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक अध्यक्ष प्रचण्डले विमोचन गर्ने भएका छन्।

जनयुद्धका ११२ चिठीपत्र समेटिएको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तकलाई प्रचण्ठले मंगलबार बिहान एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानमा विमोचन गर्देछन्। विमोचन कार्यक्रममा वक्तामा प्रचण्डसँगै, नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराई रहेका छन्।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर भण्डारीले पुस्तक लेखेका हुन्।

२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए।

२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए।

त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि विभिन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे। ती चिठीपत्रलाई भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्