११ सयले बढ्याे सुन

  • 12
    Shares
लोकपाटी न्यूज

मंगलबार सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भएको हो।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्