निफ्राकाे शेयर मूल्यमा नकारात्मक सर्किट

nepse-1
  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य २० मिनेटमै सकारात्मक सर्किटबाट नकारात्मक सर्किटमा गएको छ।

कारोबार शुरु भएको केहि मिनेटमै सकारात्मक सर्किटमा रहेको निफ्राको सयेर कारोबार शुरु भएको २० मिनेटमै नकारात्मक सर्किटमा गएको छ। अघिल्लो आइतबारबाट निफ्राको शेयर कारोबार भएको थियो। पहिलो कारोबार ३४० बाट भएको थियो। पहिलो दिनदेखि नै निफ्राको शेयर मूल्य लगातार सर्किट लागिरहेको थियो।

मंगलरबार पनि केहि मिनेटसम्म निफ्राको सेयर सकारात्मक सर्किट लागेको थियो। तर पुन नकारात्मक सर्किट लागेको छ। सोमबार निफ्राको प्रति शेयर ६६० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि केहि मिनेटमा सकारात्मक सर्किट लागेर ७२६ रुपैयाँ प्रति सेयर पुगेको थियो। अहिले पुन नकारात्मक सर्किट लागेर ५९४ रुपैयाँमा झरेको छ।

निफ्राको शेयर चार लाखभन्दा धेरै कित्ता बिक्रीमा रहेको छ। खरिदकर्ता भने छैनन्।