राताम्मे सेयर बजार

nepse 1
  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ। नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ। कारोबार खुला भएको २ घण्टा अर्थात १ बजेसम्म नेप्से परिसूचक ८७ अंकले ओरालो लागेको छ।

अघिल्लो साता दोस्रो बजारमा सूचीकृत भएर लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। सबैभन्दा धेरै घट्नेमा हाइड्रोपावर समूह देखिएको छ। यो समूहको सब इन्डेक्स ४ प्रतिशतले भन्दा धेरैले घट्दा बैंकिङ समूह करिब ३ प्रतिशतले घटेको छ्।

नेप्सेमा कारोबार हुने अन्य सबै समूह ओरालो लागेका छन् । याे १ः२० बजेसम्मकाे अपडेट हाे। नेप्सेमा ८७ अंकको गिरावट आएसँगै परिसूचक २५ सय २९ को विन्दुमा पुगेको छ । त्यस्तै, अहिले सम्ममा कारोबारमा आएका कम्पनीहरु मध्य १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ ।

यता, अहिले सम्ममा ८१ लाख ३७ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबारमा आएका १२ उपसमूहमा सबै उपसमूह घटेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्