विप्लव नेकपामाथिको प्रतिबन्धबारे सुरक्षा परिषदको बैठकमा छलफल

suraksha
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद् बैठकमा विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेबारे विषयमा भएको छ। बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे पनि छलफल भएको बताइएको छ।

यसअघि हिजो सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो। सोही भेटपछि सुरक्षा परिषद् बैठक तय भएको गरिएको थियो। सुरक्षा परिषदको बैठक सकेलगत्तै बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ। मन्त्रिपरिषद बैठकमा विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा प्रस्तावको तयारी भएको बताइन्छ।

बालुवाटार स्रोतका अनुसार सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध फुकुवाको तयारी गरेको छ। सरकारसँग अनौपचारिक कुराकानीपछि वार्ताका लागि सकारात्मक भएको उक्त समूहलाई मूलधारको राजनीतिमा ल्याउनका लागि प्रतिबन्ध फुकुवाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताइन्छ।

आजको मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना रहेको स्रोतले बताएको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उहाँहरू शान्तिपूर्ण ढंगले आउन चाहँदा सरकारले सकारात्मक रूपमा लिएको र यसका लागि सहज वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए।

यसअघि हिंसात्मक गतिविधि गरेका कारण सरकारले उक्त समूहलाई प्रतिबन्ध गरी नेता-कार्यकर्ता पक्राउ गरी मुद्दा लगाउँदै आएको थियो। त्यस्तै सुरक्षा परिषद्को बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षालगायतबारे छलफल भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्