सर्वोच्च अदालतले सही फैसला गर्छ : प्रचण्ड

Prachanda Photo
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरे।

रक्तपातविहीन युद्धमा रहेको भन्दै प्रचण्डले भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ।’ संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए।

प्रचण्डले पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए। प्रधानमन्त्री केपी ओलीले फुटको बाटो रोजेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्