जनसांस्कृतिक महासंघद्वारा कार्यक्रम बहिष्कार गर्न निर्देशन

  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेगरी यही २०७७ फागुन १२ गते आयोजना गर्ने भनिएको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन बृहत् सांस्कृतिक कार्यक्रम २०७७’ बारे जनसांस्कृतिक महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका संयोजक सरल सहयात्रीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत् डम्बर कुमारी गुरुङले जनसांस्कृतिक महासंघ र स्वयम् चुनु स्मृति प्रतिष्ठानको समेत वैधानिक निर्णय नलिई एकल ढंगले प्रतिगमनका खलनायक असंवैधानिक प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रमुख अतिथि बनाई यही २०७७ फागुन १२ गते आयोजना गरेको ‘‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद वेपत्ता परिवार अभिनन्दन वृहत सांस्कृतिक कार्यक्रम २०७७’’ स्वयम् सहिद चुनु तथा अन्य सहिद एवम् वेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान भएको जनाएको छ। जनसांस्कृतिक महासंघ नेपाल सम्बद्ध सदस्यहरुलाई सो कार्यक्रम बहिष्कार गर्न समेत महासंघले निर्देश दिएको छ।

साथै चुनु स्मृति प्रतिष्ठानका तदर्थ समितिमा रहेकाहरुलाई तत्काल पहलकदमी लिई चुनु स्मृति प्रतिष्ठानलाई पुनर्गठन गरी नियमित संस्था सञ्चालनका लागि विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ। विज्ञप्तिमा भनिएको छ,‘प्रगतिशील सोच भएका सम्पूर्ण कलाकार, सांस्कृतिककर्मी एवम् कमरेडहरुलाई यस्ता खाले अवसरवादी प्रवृत्तिका विरुद्ध डटेर निरन्तर प्रतिवाद गर्न समेत हार्दिक अुनरोध गरिन्छ।’

press_note

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्