सुनवलमा फागुन १३ देखि २५ गतेसम्म चौथो मेयर कप फुटवल प्रतियोगीता

miyera cup
  • 71
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/  पश्चिम नवलपरासी, ११ फागुन। पश्चिम नवलपरासीको सुनवलमा यहि फागुन १३ देखि २५ गते सम्म चौथो मेयर कप फुटवल प्रतियोगीता संचालन हुने भएको छ। सुनवल वडा नम्बर ६ बिसासयस्थित खेल मैदानमा हुने नगरस्तरिय फुटबल प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौथो मेयर कप फुटवल प्रीतयोगीताको सहयोगी सस्था विग वुद्ध समितिका सदस्य तथा अखिल नेपाल फुटबल सघं नवलपरासीका महासचिव सुबिन्द्र कुवरले सुनवल नगरपालिकाका १३ वडाबाट ’समुह ए’ र ’ समुह बि’ गरि १३ टिम सहभागी हुने बताए। कुँवरका अनुसार प्रतियोगिताको बिजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपबिजेता समुहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन्।

त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्ने बताए। मेयर कप प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाध्यक्ष रामप्रसाद लामाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी दिए।

पत्रकार सम्मेलनमा सुनवल नगरपालिका खेलकुद समिति सदस्य तथा वडा नम्वर ४ का वडाध्यक्ष विरबहादुर गुरुङ, वडा नम्वर १ का वडाध्यक्ष विनप्रासद वुढाथोकी, वडासदस्य एंव जनप्रतिनिधिहरु, एन्फा जिल्ला उपाध्यक्ष मिलन गुरुङ, प्रशिक्षक जितु पुन, समाजसेवि पदम प्रसाद काफ्ले, झविन्द्र खड्का, संजिव लामा, विकास साहि लागायत खेलप्रमिहरुको उपस्थीति रहेको थियो।

सुनवल नगरपालिकाले प्रतियोगिताको लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सहयोगी संस्था बिग बुग समितिले अन्य नपुग रकम सहयोग गर्ने छ। सुनवल नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्ने मेयर कप फुटबलका बिजेता खेलाडीहरु ’ए डिभिजन’ लेभल र क्षेत्रीय स्तरका प्रतियोगीतामा सहभागी भैसकेकाले यस प्रतियोगितालाई यस क्षेत्रकै महत्त्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्