ओलीलाई ठेगान लगाउन चुनावमा जानैपर्छ : कमल थापा

Kamal_Thapa
  • 19
    Shares
लोकपाटी न्यूज

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको बताएका छन्। मकवानपुरमा आयोजित राप्रपाको कार्यक्रममा अध्यक्ष थापाले चुनावपछि ओलीको स्वेच्छाचारिता अन्त्य हुने जिकिर गरे।

देशले निकाश चाहेको बेलामा कुनैपनि दलले सत्ताको लोभ गर्न नहुने उनको भनाई छ। थापाले भने, ‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन, कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने छ।’

पछिल्लो राजनीतिक घटनाक्रमबाट मुलुक गम्भीर संकटमा पर्नसक्ने संकेत गर्दै उनले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने बताए। संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्च अदालतले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उपयक्त हुने धारणा राखे।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनुपर्ने उनको धारणा थियो। ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस्’ थापाले भने।