चैनपुरको पेट्रोल पम्पमा आगलागी

aago pic
  • 6
    Shares
लोकपाटी न्यूज

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका-७ जिरो पाईन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगलागी भएको छ। मंगलबार दिउँसो ट्याङ्करबाट ट्याङ्कीमा पेट्रोल खनाउने क्रममा आगो लागेको सशस्त्र प्रहरी अरुण गुल्म चैनपुरका डिएसपी विशाल सिलवालले जानकारी दिए।

पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको डिएसपी सिलवालले बताए। आगलागीबाट पम्प नजिकै रहेको पाँच तले घरमा पनि क्षति पुगेको छ। आगलागीबाट के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्