नगद १० लाख रुपैयाँसहित दुई महिला पक्राउ

mahila pakrau
  • 7
    Shares
लोकपाटी न्यूज

राजविराज। प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ। नेपाल भारत सीमा नाका तिलाठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिक जाँच्ने क्रममा ती दुई महिलासँग १० लाख नेपाली रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत देखाउन नसकेकोले निण्न्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ की कविता दास र रिंकु दास रहेको उनले बताए। ‘शंका लागेर जाँच्दा १० लाख रुपैयाँ फेला प¥यो,’ सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्