संसद पुनर्स्थापना नभए संविधान नै समाप्त हुन्छ : देव गुरुङ

deb gurung
  • 31
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई अदालतले सदर गरे संविधान नै समाप्त हुने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित विरोध सभामा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने वित्तिकै मुलुकमा अराजकता र अस्थिरता पैदा हुने बताए।

संसद् विघटनको निर्णय सदर भएपछि राज्य कमजोर हुने भएकाले अहिलेको व्यवस्था नै असफल हुने खतरा बढेको उनले बताए। राज्य कमजोर हुँदा विदेशी शक्ति केन्द्रहरुले नेपाललाई परेड खेल्ने राज्य बनाउन सक्ने भन्दै सचेत हुनुपर्ने उनको भनाइ थियो।

अदालत संविधान रक्षाका लागि उभिएकाले अदालतले संविधानमा नभएको विषयको पक्षमा फैसला नगर्ने विश्वास रहेको समेत नेता गुरुङको थियो। तर प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई धम्क्याउने काम गरिरहेको आरोपसमेत उनले लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्