प्रतिनिधिसभा विघटनको मुद्दा : रिट निवेदकलाई संवैधानिक इजलासले बोलायो

sarbochcha_Adalat
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार साढे ५ बजेसम्म इजलास चलिरहेको छ। इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई ‘हेर्दा हेर्दै’मा राखेको थियो। मंगलबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको एक रिट निवेदकले बताए।

उनले भने, ‘हामीलाई इजलासले बोलाएको खबर आएको छ। फैसला सुनाउन हो कि किन हो थाहा छैन।’ इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ। फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्