संसद पुनर्थापना गर्ने सर्वोच्चको फैसला

CholendraSamsher_jabara_Rana
  • 3.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो। प्रधानन्यायाधीशको एक इजलासले ८ पुसमा संवैधानिक इजलासले संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएका थिए।

१० पुसमा सर्वोच्चले एमीकश क्युरी गठन गर्ने निर्णय गरेको थियो। रिट निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए। प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ३७ जना अधिवक्ताले बहस गरेका थिए। ३ फागुन देखि ७ फागुनसम्म एमीकश क्युरीले बहस गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। संवैधानिक इजलासले त्यसलाई सदर गरेको हो। प्रधानमन्त्रीको कदमका विरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए। निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए भने सरकारी पक्षबाट ३४ जनाले बहस गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्