काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुशी व्यक्त गरेका छन। दिल्लीस्थित अस्पतालको शैयाबाट ट्वीट गर्दै उनले सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।
भट्टराईले यो खबर सुनरे रोग नै हराए झैं लागेको बताएका छन्। ट्युमरको समस्याले उनी दिल्लीमा उपचाररत छन्।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले लेखका छन्ः कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !