नेकपाद्वारा सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन

Nekapa pm
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको छ। सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको हो।

पार्टीको केन्द्रीय संघर्ष समितिले बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए। फैसलाको स्वागत गर्दै काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे आयोजित कार्यक्रममा सहभागी हुन समेत आह्वान गरिएको छ। सर्वाेच्च अदालतले मंगलवार प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो ।

नेता रिजालले ट्विटरमा लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं ! सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे । केन्द्रीय संघर्ष समिति, नेकपा ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्