सारथी नेपाल लघुवित्तकाे लाभांश शेयरधनीहरुलाई वितरण गर्ने घोषणा

Dividend
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश गरी कुल ९.५९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन ११ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गनेए निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।