ओली समूहको स्थायी कमिटी बैठक सुरु

KP Sharma Oli-33
  • 23
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको हो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने ? भन्ने विषयमा ओली समूहको स्थायी कमिटी बैठकमा छलफल हुनेछ। बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन्। बैठकमा प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन्।

खासगरी नेम्वाङले दिएको सुझावको बेवास्ता गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले मंगलबार विघटनविरुद्धको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि प्रधानमन्त्री ओली नैतिक रुपमा संकटमा परेका छन्।

सर्वोच्चले फैसला सुनाएदेखि नै प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढेको छ। बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्