अप्पर स्याङ्गे हाइड्रोपावरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकको रुपमा नियुक्त गरेको छ।

उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ। अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुरघले यो परियोजना कोभिड १९ को प्रभावको बाबजुद बजेट भित्रै रहीय थाशिघ्र निर्माण सम्पन्न भएको बताएका छन।

यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यात्तिगत लगानिकर्ताहरुले लगानि गरेका हुन। माछापुच्छ्रे् कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकाल देखिनै संस्था गत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ। साथै यस परियोजनाका लागि आवश्यकऋण साझेदारका रुपमा प्राइमकमर्शियल बैंक रहेको कम्पनिले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्