नेप्सेकाे टिएमएसमा समस्या, इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

  • 40
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बुधवार नेप्सेको टिएमएसमा समस्या देखिएको छ। कारोबार १८ मिनेटदेखि नेप्सेमो टिएमएसमा समस्या देखिएको हो। सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन।

नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेको शून्य कायम भएको देखिएको छ। नेप्से परिसूचक ८४ दशमलव १० अंकले घटेको देखिएको छ। प्राविधिक समस्या समाधानको लागि प्रयासरत रहेको नेप्सेले बताएको छ। टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ।

बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ।

टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ। नेपाल स्टक एक्सचेञ्जले भने टिएमएसमा समस्या देखिएपछि सामाधानको प्रयास गरिरहेको जनाएको छ।