काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ। कम्पनीले पुस २७ गते सम्पन्न साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो।
हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीले अभौतिकीकरण गराएपश्चात मात्र सम्बन्धीत हितग्राही खातामा जम्मा गरिदिने कम्पनीले भनेको छ।
साथै हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबि इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्साल वा आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोलि आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न पनि कम्पनीले भनेको छ।