ओलीका बहुमत सांसद हामीतिर फर्किँदै छन् : माधव नेपाल

Madhav_Nepal
  • 10.6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक सुरु भएको छ। बुधबार अपरान्ह नेकपाको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा सुरु भएको हो।

बैठकमा सुरुमै अध्यक्ष माधवकुमार नेपालले आफ्ना धारणा राखेका छन्। उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको बताएका थिए।

नेता नेपालले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका थिए। उनले भनेका छन्, ‘ओलीतिर लागेका धेरैजना सांसदहरु आउनेछन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ।’

संसदीय दलको बैठक अघि नेकपाको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक पेरिसडाँडामा बसेको थियो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संविधान अनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।

बैठकका निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने संविधान अनुसार नै प्रक्रिया अघि बढाउने हाम्रो निर्णय छ।’ स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेको छ।

‘सर्वोच्चको फैसलाले प्रतिनिधसिभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ। राजनीति अध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ,’ श्रेष्ठले भने। बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संघर्षमा सक्रिया भएका सबै दल र आफ्ना कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • खोइ के है कुरो गाह्रो पो आयो । उता कांग्रेस देउवाले प्रचण्डलाई आफ्ना पार्टीका व्यक्ति पिच्छे नखेल्न चेतावनी दिएको कुरा पनि आयो । रामचन्द्रलाई राष्ट्रपति, नेकपा प्रचण्ड गुटलाई प्रधानमन्त्री र जसपालाई उपसभामुख दिने भनेर हल्ला चलाएको बुमराङ भएर आफ्नै टाउकोमा बज्रीएला जास्तो देखियो । पहिले पार्टी फोरेर आउन प्रचण्डलाई काँग्रेसले भनेको रहेछ । नत्र अविश्वासको प्रस्तावमै वैकल्पिक प्रधानमन्त्रीको नाम राख्नु पर्नेमा प्रचण्डले आफ्नो नाम राखेर अविश्वास प्रस्ताव दर्ता गराएका छन् । त्यसैले पहिले ओली फालौ त्यसपछि प्रधानमन्त्री देउवा तिमी हो भन्ने प्रचण्डको भनाईलाई सिल्ली कुरा भनेका रहेछन् । जसपाले पनि पहिले कुन पार्टी हो वैधानिक हैसियत स्पष्ट पार्न प्रचण्ड–माधव गुटलाई भनेको रहेछ । पार्टी नफोर्ने ओलीलाई हटाउन मात्र अरुलाई उपयोग गर्ने प्रचण्डको दाउको पोल खोलिएको अवस्थामा वैकल्पिक सरकार बन्ने सम्भावना नजिकै देखिएन । यत्रो भएर पनि फेरि यही सरकार रहिरह्यो भने के गर्ने? सडक आन्दोलनमा जने हो?