नैतिकता भए ओलीले माफ मागी सक्थें : भीम रावल

Bhim_Rawal
  • 237
    Shares
लोकपाटी न्यूज

धनगढी। नेकपा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले अदालतले जनताको पक्षमा फैसला गरेको बताए।

‘कुनै एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन भन्ने प्रमाण हो यो,’ उनले भने, ‘केपी ओलीजीमा अलिकती पनि नैतिकता बाँकी छ भने तुरुन्त राजीनामा दिनुपर्छ।’

संसद पुनस्र्थापनाको फैसलाले न्यायालयको गरिमा र सम्मान झन उचाइमा पुगेको उनले बताए। ‘न्यायालयको फैसलाले हामी खुसी भएका छौं, न्यायालयको सम्मान र गरिमा पनि बढेको छ,’ नेता रावलले भने।

प्रधानमन्त्री ओलीले पार्टीभित्र गल्ती गरेँ माफ गनुहोस् भनेमात्र उनको बारेमा सोच्न सकिने उनको भनाइ छ। ‘केपी ओलीले मेरो गल्ती भयो, अब म पार्टीको विधान अनुसार चल्छु, भनेर भने भने उनको बारेमा केही सोच्न सकिन्छ,’ रावलले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्