चुनावमा भोट दिएनन्, अहिले कांग्रेस चाहियो भन्छन् : देउवा

Sher_Bahadur_Deuba
  • 44
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चबाट संसद पुनर्स्थापना हुने कुरा आफूले पहिल्यै थाहा पाइसकेको बताएका छन्। महेन्द्रनारायण निधिको जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा देउवाले सर्वोच्चले फैसला गर्नुअघि नै आफूलाई संसद पुनर्स्थापना हु्ँदै गरेको कुरा थाहा पाएको बताएका हुन्।

उनले भने, ‘ओलीको कदम असंवैधानिक थियो। सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गर्छ भन्ने कुरा मैले अलि अस्ति नै थाहा पाइसकेको थिएँ।’ सभापति देउवाले अहिले मान्छेहरुले काँग्रेसलाई खोज्न थालेको बताए। उनले भोट दिने बेलामा नदिएर अहिले काँग्रेस खोज्न थालेको बताए। ‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ सबले। जनताले भोट दिएन अहिले काँग्रेस चाहिया छ,’ देउवाले भने, ‘काँग्रेसलाई खोज्न थाले मान्छेहरुले।’

देउवाले जनताले नेकपालाई भोट हालिहाले पछि आफूहरुले मान्नुपर्ने बाध्यता आइलागेको बताए। देउवाले राजनीति यस्तै हुन्छ भन्ने ठेगान नभएको समेत बताए। यसबारेमा पार्टीमा छलफल चलाउनुपर्ने देउवाले बताए। ‘अहिले पनि अवस्था यस्तै छ। भोलि के हुन्छ थाह छैन। सल्लाह गर्नुछ हामीले,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्