जेठकाे दाेस्राे साताबाट एसइई परिक्षा हुने

see
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले (९–१०) यस वर्षको एसइई परीक्षा आगामी वर्षको जेठ महिनाको दोस्रो साताबाट सुरु हुने जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको र जेठको दोस्रो साताभित्र एसईईको परीक्षा सञ्चालन गर्ने गरी काम भइरहेको  जानकारी दिए ।

‘परीक्षाको लागि प्रश्नपत्र तयार गर्ने लगायत काममा जुटिरहेका छौँ, बोर्डले गर्नुपर्ने आन्तरिक कार्य सकेर केही समयपछि परीक्षाको मिति सार्वजनिक गर्छौं,’ उनले भने। यस वर्षको एसईई परीक्षामा करीब पाँच लाख परीक्षार्थी सहभागी हुने अपेक्षा गरिएको परीक्षा नियन्त्रक खकुरेलले बताए।

अघिल्लो वर्षको जसरी परीक्षा दिन पाइन्छ भन्ने आशले यो वर्ष ग्रेड वृद्धिका लागि धेरै पुराना विद्यार्थीहरुले समेत परीक्षा आवेदन फाराम भरेको उनले जानकारी दिए।नेपाल सरकारले शिक्षा नियमालीको नवौं संशोधन गरेर जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रोभित्र सुरु गर्ने गरी तयारी गरि रहेको छ।

गत वर्ष कोभिड–१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको बोर्डले यो वर्ष भने राष्ट्रियस्तरमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। संविधानले माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिए पनि एसईई परीक्षा सञ्चालन ऐन नबनेका कारण सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी यस वर्षको एसईई सञ्चालनको अधिकार बोर्डलाई दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्