वामदेव गौतम पुगे प्रचण्ड निवास

prachanda-bamdev pic
  • 60
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। उनले प्रचण्डसँग एक घण्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिश बदर गरेपछि गौतम आज एकताको नाममा खुमलटार पुगेका हुन्।

बिहान सात बजे खुमलटार पुगेका गौतम एक घण्टापछि निस्किएका थिए। त्यहाँ उनले प्रचण्डसँग एक्ला एक्लै समेत कुराकानी गरे।

अदालतको आदेशपछि पूर्णरूपमा रक्षात्मक अवस्थामा पुगेको प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल खेमालाई नजिक्याउने भन्दै गौतम खुमलटार गएका स्रोतको दाबी छ।

गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेका बुझिएको छ।

नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए। नेकपा विभाजन भइसकेपनि गौतम कुनैपनि पक्षमा छैनन्। उनले एकता अभियान चलाउँदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्