पश्चिम नवलपरासीबाट १९ खेलाडी छनौट

pic 2
  • 221
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/नवलपरासी, १२ फागुन। जिल्ला फुटवल संघ पश्चिम नवलपरासीले १३ वर्ष मुनिको खेलाडी छनौट फुटवल प्रतियोगीता सम्पन्न गरेको छ।

जिल्लाको सुनवल ३ कृर्तिपुर, बर्दघाट २ चिसापानी र सरावल १ गरी तीन ठाँउबाट १३ वर्ष मुनिका खेलाडीहरु छनौट गरी प्रदेश छनौटमा पठाएको जिल्ला फुटवल संघ नवलपरासीले जनाएको छ।

छनौट खेलमा भाग लिएका ३ सय खेलाडीहरु मध्यबाट १९ जनालाई छनौट गरिएको जिल्ला फुटबल संघ पश्चिम नवलरासीका प्रशिक्षक जित बहादुर पुनले जानकारी दिए। छनौट भएका खेलाडीहरु प्रदेश छनौटमा भाग लिने छन भने प्रदेशबाट छनौट भएका केन्द्रमा र केन्द्रमा छनौट भएकाहरु ए लेबलका आर्मी, पुलिस, सशस्त्र लगायत क्लवहरुको एकेडमिबाट आफ्नो खेल यात्रालाई अगाडि बढाउने छन्।

छनौट भएका अधिकांश १३ वर्ष मुनिका खेलाडीहरु एकेडमिमा पुग्ने प्रवल सम्भावन रहेको छनौट कमिटि संयोजक तथा जिल्ला फुटवल संघ नवलपरासीका कोषाध्यक्ष जितेन्द्र कुमार चौधरीको विश्वास रहेको छ।

नवलपरासीलाई फुटवलको हवका रुपमा विकास गर्नका लागि आफूहरु योजनाबद्ध तरिकाले अगाडि बढेको जिल्ला फुटवल संघनवलपरासीका अध्यक्ष धन प्रसाद गुरुङले बताए।

कोरोना महामारीकाबिच पनि जिल्ला फुटवल संघले खेलाडिहरुको मनोवल उच्च राख्न खेलाडीहरुको लागि राहात लागायत विविध कार्यक्रमहरु संचालन गर्दै आएको र आगामि दिनमा फुटवल खेल र खेलाडिहरुलाई थप हौसला, आत्मविश्वासका साथ प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ जिल्ला फुटवल संघ लागि परेको अध्यक्ष गुरुङले बताए।

फुटवलको उर्वर भूमि मानिएको पश्चिम नवलपरासीबाट विमल घर्ति मगर लागाएतका फुटवलरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्