केपी ओलीले बदमासी नगरेको भए नेकपा फुट्दैनथ्यो : सिंह

Mohan_Bikram_singha
  • 1.7K
    Shares
लोकपाटी न्यूज

बुटवल। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिहले संसद पुनर्स्थापनाको फैसलाले संविधान अझ बलियो भएको बताएका छन्।

बुटवलमा बिहीबार पत्रकारसँगको भेटमा सिंहले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान बलियो र सुदृढ भएको बताएका हुन्। उनले भनेका छन्, ‘सर्वोच्चको फैसलाले संविधानका आक्रमणकारीलाई हराइदिएको छ, संविधान अझ बलियो बनेको छ।’

संविधानमा संसद् विघटनको विशेषाधिकार नभएकाले अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाएको उनले बताए। महामन्त्री सिंहले नेकपा विभाजनको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली नै भएको बताए। उनले ओलीकै अहमतका कारण नेकपाभित्र समस्या आएको बताए।

नेकपामा संकट आउनुको कारण केपी ओलीको कार्यशैली भएको उनको भनाई थियो। नयाँ सरकार बनाउने खेल सुरु भएकाले अब बन्ने सरकारले एमसीसी पास गर्न सक्ने भएकाले खबरदारी सुरु गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्