स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dividend
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बिहीवार) रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेसँगै भोलि शुक्रवार भएकाले बिहीवारसम्म शेयर कायम गनुपर्ने भएको हो।

कम्पनीले गत अवाको मुनाफाबाट १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।उक्त प्रस्ताव पारितका लागि कम्पनीले साधारण सभा फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे साधारण सभा बोलाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्